सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कति छ आज ?



काठमाडौं, वैशाख ६
विगत ६ दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज थप बढेको छ । आज सुन तोलामा थप तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यसअघिको दाँजोमा ह्वात्तै बढेको छ । यसअघि पाँचदेखि १० रुपैयाँको फरकमा बढ्ने चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्