सुन साईली ….गीत गाएर युटुबमा भाईरल भएका बालकको घरको अवस्था (भिडियो सहित)


 


झापा दमकका १२ बर्षीय बालक अशोक दर्जीले गाएको सुन साईली बोलको गीत यतिबेला यूटुबमा भाइरल भएको छ । उनले गाएको गितलाई युटुबमा हाल्ने र नयाँ युटुब च्यानल खोल्नेको पूर्वमा यतिबेला होडबाजी नै चलेको छ ।

           

उनले गाएको गीत युटुबमा हालेर थुप्रैले लाख बढी रकम कमाईसकेका छन् । तर ति बालकको घरको अवस्था भने दुख लाग्दो पाईएको छ । देशको न्युजकर्मी ति बालकको घरमा पुगेर भिडियो तयार पार्दा छिमेकी महिलाले बालक र उनका परिवारको बारेमा जानकारी दिएकी थिईन् । खोलाको किनारमा एउटा झुप्रे घरभित्र ति बालक र उनका परिवार बस्दै आएका छन् । अशोकले गीत गाएको प्रस्तुती सामाजिक सञ्जाल युटुबमा अहिले भाईरल भइरहेको छ । सुमधुर स्वरका धनी अशोकले गीत गाएर सबैलाई मोहित बनाएका छन् । बिपन्न परिवारमा जन्मिएका उनमा हरकोहीलाई लठ्याउने मिठास पूर्ण स्वर रहेको छ । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारको लागि अर्थको जोहो गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्