प्रदेश नं १ पत्रकार महासंघ अध्यक्षमा लुइँटेलसहित संयुक्त प्यानल विजयी



झापा, वैशाख २२

नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो । अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेली ९२३ मतका साथ विजयी हुनुभएको छ ।

महिला उपाध्यक्षमा स्मिता निरौला ८५८ मतका साथ विजयी हुनुभएको छ । महासचिवमा विवेक गौतम ८८४ मतका साथ विजयी हुनुभएको छ ।

त्यस्तै, समावेशी सचिवमा बुद्धवीर राई, खुल्ला सदस्यहरुमा डिल्लीराम खतिवडा, तीर्थ सिग्देल, बुद्धिप्रसाद लामिछाने (विमल), विपेन्द्र गौतम र शशी कोइराला निर्वाचित हुनुभएको छ ।

मधेशी सदस्यमा जयकृष्ण यादव र ब्रम्हदेव यादव निर्वाचित हुनुभएको पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुले जानकारी दिनुभयो ।

यसअघि नै महासंघको प्रदेश नं १ समितिको खुल्ला सचिवमा हरिकुमार राई, कोषाध्यक्षमा अम्बिका भण्डारी, महिला सदस्यमा रीता मोक्तान, तीलकुमारी शर्मा, रेजिना गौतम, समावेशी सदस्यमा केशव लामा, गणेश साम्पाङ, दलित सदस्यमा सन्तोष रुचाल र अल्पसंख्यक सदस्यमा इकलाव अहम्मद निर्विरोध निर्वाचित भइसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News