मादक पदार्थ सेवन गरिरहेका बेला साथीलार्इ तेजाव छर्कियो



चितवन, वैशाख २४

भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाप छर्किएका हुन् ।

एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाप छर्किएको प्रहरीले जनाएको छ । घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । महर्जनको आँखा, मुख र घाँटीमा तेजापले पोलेको छ । विकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News