मोदीको स्वागतमा अनिवार्य उपस्थिति हुन उर्दी



गौशाला, वैशाख २५

जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उहाँको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिनुभएको हो ।

सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री यादवले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिनुभएको हो ।

मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन हार्दिक निमन्त्रणा गर्नुभयो ।

उहाँले मोदीको स्वागतका बेला जनकपुर आउने सवारीसाधन र व्यक्ति जनकपुरको कार्यक्रमस्थल बाह्रबिघा (रंगभूमि) मा आउने रुटको बारेमा समेत प्रस्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News