कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, वैशाख २५
केही दिनदेखि लगातार रुपमा बढ्दै गएको सुनको मूल्य आज भने स्थिर छ । आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटबढ एको छैन । आज पनि चाँदी सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्