बुढीगण्डकीमा टिपर खस्यो, चालकको मृत्यु


 


गोरखा, वैशाख २६
गोरखाको बुढीगण्डकी नदीमा टिपर खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बेनिघाटस्थित चिउरीगौडा भन्ने ठाउँमा राती १ बजे टिपर नदीमा खसेको हो ।

बेनिघाटबाट दर्बुङ तर्फ जाँदै गरेको बा ४ ख ९५०६ नम्बरको टिपर दुर्घटनामा परेर चालक नुवाकोट बेलकोटगढी नगरपालिका ५ का २७ वर्षीय सन्तोष सापकोटाको ज्यान गएको हो।

दुर्घटनामा सह–चालक २१ वर्षिय रबिन्द नेपाल गम्भीर घाइते भएका छन् । उनको गजुरीमा उपचारमा भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । टिप्पर दुई सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्