प्रधानमन्त्री ओली र प्रचण्डबीचको भेटमा, के-के भयो कुराकानी ?



काठमाडौँ, २६ वैशाख
पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरूबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News