खोलामा तैरिरहेको अवस्थामा भेटियो बालकको शव



गौशाला, वैशाख २७
महोत्तरीको एकडारा गाउँपालिकास्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो ।

परिवारजनका अनुसार बुधबार साँझ तीनजना साथीसँग खेल्दाखेल्दै नदीमा नुहाउन गएका बालक दास सोही नदीले बगाएर बेपत्ता भएका थिए ।

नदीले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभरि नदीको विभिन्न भागमा खोजतलास गरेपनि उनी फेला परेका थिएनन् ।

तर आज बिहान उनी बेपत्ता भएकै स्थानमा नदीभित्र रहेको खाल्डोबाट पानीमाथि तैरिरहेको अवस्थामा फेला परेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News