सुनचाँदीको मूल्य निरन्तर उकालो, आज पनि बढ्यो



काठमाडौं, वैशाख २८
केही दिनदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज पनि सुन तोलामा थप एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार दुई सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढिरहेको छ । आज पनि चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्