साल्पासिलिछो गाउँपालिकामा नेपाल बंगलादेश बैंकको शाखा स्थापना
भोजपुर, बैशाख २८
नेपाल बंगलादेश बैंकले आफ्नो पछिल्लो शाखा साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकीडाँडा, भोजपुरमा बिस्तार गरेको छ ।
बैंकको नयाँ शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष महेश राई र बैक संचालक दिपक कार्किले संयुक्त रुपमा गरेका हुन् ।
जिल्लाकै आमचोक गाउँपालिकामा यसअघि बैंकले शाखा खोलिसकेको छ। यो पछिल्लो सहित अब नेपाल बंगलादेश बैंकका नेपालभरिमा ५७ शाखा पुगेका छन् ।
बैंक वा बित्तीय संस्था नहुँदा यसअघि गाउँपालिकाका विभिन्न निकायले गर्ने आर्थिक कारोबारमा समस्या भैरहेकोमा अब सहज हुने पक्का भएको छ भने बैंकको स्थापनाले गाउँपालिका क्षेत्रमा उद्दमशिलता तथा ब्यवसायीकता बढ्ने बिश्वास पनि गरिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार
















