अशोक दर्जीको गीतले तोड्यो अहिलेसम्मका सबै रेकर्ड (भिडियोसहित)



काठमाडौं, वैशाख २९
युटुव हुँदै एका एक चर्चामा आएका बाल गायक अशोक दर्जीको पहिलो गीतले अहिले बजार तताएको छ । उनको पहिलो गीत ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ बोलको गीत अहिले युटुबको ‘ट्रेण्डिङ वान’ मै रहेको छ ।

ख्याती प्राप्त कलाकारदेखि लिएर बर्षौदेखि संगीतमा मेहनत गर्दै आएका कलाकार र लाखौ खर्च गरेर प्रचार गरेका नेपालका अहिले सम्मकै चर्चित गीतहरुको रेकर्डहरु तोडेको छ ।

बाटोमा गाउँदै हिड्ने अशोक दर्जीको स्वरलाई चर्चित संगीतकार टंक बुढाथोकीले मन पराएर गीत गाउने आवसर प्रदान गरेका थिए ।

यसअघि सबै भन्दा छोटो समयमा सबै भन्दा धेरै हेरिएको भिडियो चलचित्र दु्ई रुपैयाँको ‘कुटुमा कुटु, सुपारी दाना’ बोलको गीतलाई पनि अशोकको गीतले पछाडि पारेको छ ।

गीत सार्वजनिक भएको तीन दिनमा २१ लाख बढीले हेरेका छन् । यो गीतमा संगीत टंक बुढाथोकीले दिएका छन् भने अशोक दर्जी र टंक बुढाथोकी रहेको छ । गीतमा बिराज नेपालको छ ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News