सुनको मूल्य बढेको बढै, कति छ आज ?



काठमाडौं, वैशाख ३०
नेपाली बजारमा केही दिनदेखि निरन्तर सुनको मूल्य बढिरहेको छ । आज पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५९ हजार तीन सय रुपैयाँ पुगेको छ । शनिबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत नै छ। आज पनि चाँदी सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News