किरात राई पत्रकार संघको अध्यक्षमा भीम, अरु को-को निर्वाचित भए ?



काठमाडौं, बैशाख ३०

किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ ।  सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गर्नुभएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङका अनुसार अन्य पदाधिकारी र सदस्य सर्वसहमत चयन भएका छन् ।

भक्तपुरको बोडेमा आज बिहान सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रीता राराहाङ राई चयन हुनुभएको छ ।

समितिको महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन हुनुभएको छ । २१ सदस्यीय समितिको सदस्यमा रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अमृत थुलुङ, लीला राई र सरिता राई चयन हुनुभएको छ ।

निर्वाचित संघको पहिलो बैठकले दुई सदस्य थपेर २३ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News