प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै



काठमाडौँ,  वैशाख ३१ 

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री आज पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमणमा जानु हुँदैछ ।

भोली जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री आज त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनुहुनेछ ।

उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News