भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक



काठमाडौँ, बैशाख ३१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको सम्बन्धमा सुधार भएको बताउनुभयो ।

नेकपा ९एमाले०का सचिव भीमप्रसाद आचार्यले कुनैपनि देशको कार्यकारी प्रमुखले नेपालको भ्रमण गर्नु आफैमा राम्रो पक्ष हो भन्दै समग्रमा भ्रमण सफल वा असफल भनेर आँकलन गर्ने समय अहिले नभएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँगे्रसका नेता नारायण खड्काले समग्र रुपमा हेर्दा भारतीय प्रधानान्त्री मोदीको भ्रमण सफल भएको चर्चागर्दै ठूलो समस्याका रुपमा रहेको सिमा विवाद, कालापानी र सुस्ता विषयमा पनि सकारात्मक परिणाम नआए यस पटकको भ्रमणलाई पनि परम्परागत र व्यक्तिगत फाइदाको रुपमा भ्रमणलाई लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको बताउँदै उहाँको नागरिक अभिनन्दनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति अपरिपक्व नभई वास्तविकता भएको टिप्पणी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News