बल्ल घट्यो सुनको मूल्य, कति छ आजको मूल्य ?

काठमाडौं, वैशाख ३१
केही दिनदेखि उकालो लाग्दै आएको सुनको मूल्य आज भने घटेको छ ।
आज सुनको मूल्य तोलमा एक सय रुपैयाँ घट्दै प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदीको मूल्य प्रतितोला सात सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार
















