पहिलो प्रेम २ एल्वमको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)


 


भोजपुर, भदाै ३०

दक्षिण कोरियामा रहेर पनि नेपाली गीतिलेखनमा निरन्तर रूपमा लागी परेका गीतकार राज बान्तावाको दोश्रो एल्वम ‘पहिलो प्रेम २’को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘ सुप्रसिद्ध गायक स्वरूपराज आचार्यको स्वर तथा युवा संगीतकार मनोज साङ्सोनको सङ्गीत रहेको ‘आगोले पात जस्तै भयो हाम्रो जीवन, शिशाजस्तै फुटिगयो हाम्रो प्रेमिल जीवन’ बोलको गीतको म्युजिक भिडियो सङ्ग्स नेपालबाट युट्युबमा सार्वजनिक भएको छ ।

उक्त गीत दक्षिण कोरियामा छायाङ्कन गरिएको छ भने गीतमा डगेन पोख्रेल, रोश्ना के सी र विनोद सिग्देलले अभिनया गरेका छन । म्युजिक भिडियो छायाङ्कन र निर्देशन गीतकार राज बान्तावा ले नै गरेका छन । यो एल्वमको अडियो युफोनी प्रोडक्सनले बितरण गरेको हो ।

भिडियो

प्रकाशित मिति: ३० भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्