मोडलिङमा जम्दै सोनु



हेर्दा अग्ली, गोरी, मिलेको मुहार अनि मिजासिलो स्वभावकी सोनु खान यतिबेला मोड्लिङमा सक्रिय छिन् । २५ वर्षयी सोनुले पहिलोपल्ट चर्चित गायीका अन्जु पन्तको स्वरमा रहेको “मर्न झनै गाह्रो” बोलको गीतमा अभिनय गरेर मोड्लिङमा पाइला टेकेकी हुन् ।

भर्खरै मात्र बजारमा आएको उक्त गीतमा उनले सशक्त अभिनय गरेकी छन् । गायीका अन्जु पन्तको उक्त गीतमा सन्तोष खरेलको सँगीत र ताराप्रसाद चापागाईंको शव्द रहेको छ ।

५ फिट ३ इन्च उचाईको उनले पहिलो भिडियोमा नै जिवन्त अभिनय गरेर आम दर्शक स्रोताको मनजित्न सफल भएको छिन् । आउँदा दिनहरुमा अझ सशक्त अभिनय सहित गीतहरुमा देखा पर्ने तयारीमा छिन्, यतिबेला सोनु । सानैदेखि मोड्लिङमा विशेष रुची भएता पनि विभिन्न समस्याले गर्दा पुरा हुन नसकेको र अहिले आएर अन्जु पन्त जस्तो चर्चित गायीकाको गीतबाट मोड्लिङ सुरु गर्न पाउदा एकदमै हर्सित भएको सोनुले बताइन् ।

काठमाडौंको ज्ञानेश्वर घर भैइ हाल रोजगारीको सिलसिलामा युएई बस्दै आएको उनले त्यहीँबाट नै मोड्लिङ यात्रा सुरु गरेकी हुन् । सोनुको जिउडाल, लवाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जोकोही उनीबाट प्रभावित नै हुन्छन् । त्यसैले पनि होला बिदेशमा भएपनि अन्तत्वगत्वा उनी मोड्लिङतर्फ पाइला अगाडी बढाउन उद्दत भइन् ।

दुबईको एक प्रतिष्ठित होटलमा सुपरभाइजरको काम गर्दै आएकी उनले देशमा रहदाँ विभिन्न स्टेज कार्यक्रमहरुको संचालन गरेको अनुभव छ ।

फुर्सदको समयमा नयाँ ठाउँहरुमा घुम्न जानु, नृत्य गर्नु रुचाउने सोनु मोड्लिङले जोकोही मानिस भित्र रहेको क्षमतालाई प्रस्फुटन गर्न मद्दत गर्ने बताउछिन् । वहुआयामिक क्षमताकी धनि सोनु पेशा र मोड्लिङ क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामा छिन् । ‘पढेको कुरा व्यवहारमा लागू गर्ने र आफ्नो रुचीलाई पनि साथै अगाडि बढाउँछु’, सोनुले थपिन, ‘समय व्यवस्थापन गर्न सकेमा मलाई कुनै पनि क्षेत्र छाड्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News