काठमाडौंका यी तीन स्थानमा मनोरेल चल्ने



काठमाडौं, जेठ १२
राजधानीका तीन स्थानमा मोनोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी कार्यक्रमअनुसार तीन स्थानबाट रेल सञ्चालन गर्ने गरी सम्भाव्यता अध्ययन शुरू भएको हो। नेपाल समाचारपत्रमा खबर छ ।

काठमाडौंका तीलगंगा–नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरू गरेको हो।

कामपा सार्वजनिक निजी साझेदारी इकाइ (पीपीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल काठमाडौं महानगरपालिकामा तीनवटा मोनोरेल सञ्चालन गर्ने प्रस्ताव अघि बढेको छ।

रिङरोडका लागि चाइना रेल्वे कम्पनी (सीआरसीसी भन्ने चाइनाको कम्पनी), महानगरपालिकाभित्र बग्ने नदी किनारालाई आधार बनाएर चीनकै चाइना रेल्वे सियुयान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड र बिवाइडीका नेपाली प्रतिनिधि साइमेक्सले कलंकीदेखि तीलगंगासम्म मोनोरेल बनाउने प्रस्ताव अघि बढाएका छन्।

कामपाभित्रको धोवीखोला, विष्णुमती र बागमती नदी किनारामा मोनोरेल सञ्चालन गर्ने तयारी गरेको कम्पनीले सम्पूर्ण प्रस्ताव तयार गरी कामपासमक्ष पेस गर्ने र कामपासँग सम्झौता गरी कम्पनीकै नामबाट रेल सञ्चालन गर्ने जनाएको छ।

त्यस्तै रिङरोडमा मोनोरेल सञ्चालन गर्न इच्छुक कम्पनीले अध्ययन शुरू गरिसकेको छ। कलंकी–तीलगंगाको कम्पनीले पनि अध्ययन शुरू गरी प्रतिवेदन बुझाउने तयारी गरेको इकाइको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News