महन्थ ठाकुरलाई सभामुखको प्रस्ताव


 


काठमाडौं, जेठ १३

सत्तारुढ दलले राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सभामुखको प्रस्ताव राखेको छ ।

दुई ठूला दल नेकपा माओबादी र एमालेबीच एकीकरण भएपछि प्रतिनिधिसमा सभामुख र उपसभामुख एकै पार्टीबाट हुन पुगेपछि सत्तारुढ दलले महन्थलाई यस्तो प्रस्ताव राखेको हो । कारोबारमा खबर छ ।

यसअघि विघटित संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । हाल कृष्णबहादुर महरा सभामुख र शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने प्रावधान छ ।

यसले गर्दा केहीले यसमा हेरफेर हुनसक्ने देखेका छन् । सभामुखको प्रस्ताव आएपछि राजपा यस विषयमा छलफलमा जुटेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्