नेपाल आइडलका सागर आलेको कौडा गीत सोल्टिनी (हेर्नुहोस् भिडियो)


 


नेपाल आइडलबाट चर्चामा आएका गायक सागर आले हालै कौरा गीतमा देखिएका छन् । नेपालको पहिलो अन्तराष्ट्रिय म्युजिकल शो ‘नेपाल आइडल’ मा ‘टप–४’सम्म पुगेर चर्चामा आएका सागरले गायक तथा संगीतकार रेशम गुरुङको लय तथा शब्दमा ‘भेट हुँदा सोल्टिनी’ बोलको कौरा गाएका छन् ।

यस गीतमा सागरसँगै गायिका एलिना गुरुङको पनि स्वर रहेको छ । गायक दुर्गा गुरुङको संगीत संयोजन रहेको यस कौरा गीतको भिडियोमा सिर्जना, साजन, दीपेश, अभिलगायका कलाकारको अभिनय रहेको छ ।

गुरुङ कला, संस्कृति र भेषभुषामा कलाकारलाई नचाउँने काम अभि लामाले गरेका छन् भने यस भिडियोलाई छायांकन,सम्पादन र निर्देशन फराज अर्पणले गरेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ । हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्