यसरी निर्माण हुँदैछ बाल गायक अशोक दर्जीको घर (भिडियो सहित)


 


झापाका ११ वर्षे बालक अशोक दर्जी रातारात हिट भएका छन् । यतिबेला उनी सामाजिक सञ्जालहरूमा भाइरल भैरहेका छन् । उनको गायकीले युट्युबमा सनसनी मच्चाइरहेको छ ।

युट्युबमा आफ्ना गीत भाइरल भएपछि चर्चामा आएका अशोकको स्वरमा गायक टंक बुढाथोकीले समेत गीत रेकर्ड गराइसकेका छन् । मन ठूलो कि धन शीर्षकको उक्त गीतमा अशोकको गायन कला थप निखारिएको छ ।

युट्युबमा चर्चा भएसँगै अशोकको स्वरमा गीत रेकर्ड गराउनेहरूको होडबाजी मात्र चलेको छैन, उनको अनुहार देखाएर आफ्नो युट्युब च्यानलको प्रमोसन गर्नेहरूको ताँती नै लाग्यो ।

आफूलाई निर्धक्क प्रस्तुत गर्ने यी बालगायकका युट्युबमा अपलोड गरिएका अधिकांश भिडियो ट्रेन्डिङमा समेत परेका थिए ।

अशोककै चर्चाका कारण यतिबेला उनको परिवकारका लागि घर बनिरहेको छ । करिब १० लाख रुपैयाँको लागतमा बन्ने उक्त घरको शिलान्यास भइसकेको छ ।

उनले कक्षा १० सम्म उर्लाबारीको बेथेल एजुकेशन एकाडेमीमा पढ्ने अवसर मात्र पाएनन् । उनका दुई बहिनी पनि निशुल्क बोर्डिङ स्कुलमा पढ्न थालेका छन् ।

उनी यतिबेली उर्लाबारीकै विहानी कला केन्द्रमा निशुल्क संगीत कक्षा लिइरहेका छन् । आउँदो जून १५ देखि १७ सम्मको कार्यक्रममा सहभागीता जनाउन अशोक मलेसियाजाने भएका छन् ।

अशोक पहिलो विदेश भ्रमणका क्रममा उनी मलेसिया जान लागेका हुन् ।

भिडियो हेर्नुहोस्  : 

प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्