सेक्स स्क्याण्डलपछि गुमनाम भएकी श्वेता फेरि चर्चामा


 


२०१४ मा हैदराबाद बञ्जारा हिमालय क्षेत्रमा एक सेक्स स्क्याण्डलमा फसेकी भारतीय कलाकार श्वेता बसु अहिले फेरि चर्चामा आएकी छन् ।

सेक्स स्क्याण्डलपछि गुमनाम रहेकी उनले अहिले फिल्म निर्देशक रोहित मित्तलसंग ‘इङ्गेजमेन्ट’ गरेकी छन् । उनले एक वर्ष अघि मात्रै इङ्गेजमेन्ट’ गरेकी भएपनि अहिले मात्रै सार्वजनिक भएको हो ।

चार वर्षसम्मको सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरिरहेका हुन् । श्वेताले नै रोहितलाई विहेका लागि प्रस्ताव गरेकी थिइन् । उनीहरुले इङ्गेजमेन्ट’ पनि गुपचुपमै गरेको पाइन्छ ।

श्वेता सेक्स स्क्याण्डलपछि दुई महिनासम्म पुनःस्थापना गृहमा बसेकी थिइन् । त्यसअघि ‘शर्ट फिल्म’ मा अभिनय गर्ने श्वेतालाई त्यसपछि कुनै भूमिका नै मिल्न सकेको थिएन ।

२०१७ मा भने उनले वरुण धवन र आलिया भट्टको फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ अभिनय गरिकी छन् ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्