आँखा हेरेरै यसरी थाहा हुन्छ मान्छेको स्वभाब


 


आँखाको रंगको आधारमा मानिसको व्यक्तित्वको पहिचान हुन्छ । किन कि आँखा नै त हाम्रो ऐना हुन्छ । कुनै पनि व्यक्तिलाई जान्न, बुझ्नका लागि ऊसँग कुरा गर्नुपर्ने आवश्यकता ठानिन्छ । तर, विशेषज्ञ बताउँछन् कि आँखाको रंग पनि मानिसको बारेमा धेरै कुरा भन्छ ।

कालो आँखा भएका मान्छेहरु रातजस्तै रहस्यमय र अदृश्य हुन्छन् । जबकी मधुरो देख्ने आँखा भएका मानिस धेरै स्वभावका हुन्छन ।

अध्यात्मको अभ्यास गर्ने मधु कोटियाले एक भारतीय वेबसाइटलाई मानिसको आँखा कसरी उसलाई चिन्न सहयोगी हुन्छन् भन्नेबारे बताएका छन् ।

१. कालो आँखाः कालो आँखा भएका मानिसहरु रहस्यमय हुन्छन् । यिनीहरु भरोसा गर्न लाएक हुन्छन्, जसले कुनै पनि राजलाई राज नै राख्न सक्छन् । यिनीहरु जिम्मेवार र वफादार हुन्छन् । जो कर्मठ र आशावादी हुने मानिन्छ ।

२. खैरो आँखाः खैरो आँखा हुने मानिस आकर्षक हुन्छन् । यिनीहरु आत्मविश्वासी र रचनात्मक हुन्छन् । यिनीहरु खुलेरै बोल्न सक्ने हुँदैनन् ।  आफ्नो कुरा राख्न उनीहरुलाई गाह्रो पर्छ ।

३. सेतो आँखाः सेतो आँखा हुनेहरुको हानी र लाभ भइनै रहन्छ । उनीहरु कहिलेकहिले मज्जैले कमाउँछन् भने कहिले त्यही अनुसार नोक्सान हुन्छ । खास कुरा त के छ भने यस्ता मानिसहरुको श्रीमती निकै सुन्दर र भाग्यसाली हुने गर्छन् ।

४. धमिलो आँखाः धमिलो आँखा यस्तो आँखा हुनेहरु मोज मस्ती र रोमान्समा ध्यान दिन्छन् । यिनीहरुले समय अनुसार चल्न र परिस्थिति अनुसार ढल्न जानेका हुन्छन् । यिनीहरु निकै साहसी हुन्छन् । मानिसहरु उनहिरु प्रति छिट्टै आकर्षित हुन्छन् ।

५. हरियो आँखाः हरियो आँखा हुने मान्छे बुद्धिमान, उत्साहित र जवन्त हुन्छन् । उनीहरु हरेक काम जोसका साथ गर्छन् । यस्ता मानिस निकै ईष्यालु पनि हुन्छन् ।

६. निलो आँखाः निलो आँखा भएकाहरु निकै ते दिमाग, शान्त र सम्बन्धमा विश्वा राख्ने खालका हुन्छन् । यिनीहरु दयालु हुनछन् र सबै कुरामा विश्वास गर्ने मूर्ख पनि हुन्छन् ।

७. रातो आँखाः यस्ता आँखा भएका मान्छेहरु रिसाह स्वभावका हुन्छन् । उनीहरु धर्यवान हुँदैनन् । तर, भविष्यमा यस्ता मानिसहरु उच्च पदमा पुग्छन्

प्रकाशित मिति: १ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्