फिल्म वीराङ्गनाको पोष्टर सार्वजनिक


 


यही असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको चार पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एकशन वीराङ्गनाको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ । फिल्मको प्रचार शुरुसँगै फिल्मले गीत, पोष्टर लगायतका प्रचार सामाग्रीहरु सार्वजनिक गरिरहेका छन् ।

एक्शन जनराको नारी प्रदान फिल्ममा निर्देशक राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । फिल्म वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा, अनुप र पृथ्वीराज को अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ । फिल्मको वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् ।

निर्देशक राज शहादुर साने : सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पुर्याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको वारेमा फिल्मले बोलेको छ । एक्शन सँगै लभस्टोरी र संगीतको पनि मिश्रण फिल्ममा रहेको छ ।

अनुप विक्रम शाही : शसस्त्र प्रहरीको योगदान माथी बनेको फिल्म भएकोले मैले त्यहि भित्रको एउटा पात्रको भुमिका निर्वाह गरेको छु । नारी शसस्त्र प्रहरीसँगको सहकार्यलाई मैले राम्रो तरिकाले फिल्ममा प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

शिल्पा पोखरेल : मलाई नारी प्रदान र सामाजिक फिल्महरु मन पर्छ । त्यसै कारण पनि मेरो लागि विराङ्गाना विशेष छ । पहिलेकै जस्तै एक्शन, लभ र गीतमा मलाई दर्शकले पाउँनेछन् । म सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढि दिनेछ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्