चलचित्रमा नायिकाले हस्तमैथुन गरेको दृष्यले मच्चायो बबाल



बलिउड अभिनेत्री स्वरा भास्करलाई एकपटक पुनः सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको चलचित्र ‘वीरे दि वेडिंग’को एउटा दृष्यका कारण उनलाई निशाना बनाइएको हो ।

चलचित्रमा स्वरा भास्करलाई एउटा दृष्यमा हस्तमैथुन गर्दै गरेको देखाइएको छ। यो दृष्यलाई लिएर ट्वीटर प्रयोगकर्ताहरुले आपत्ति प्रकट गरिरहेका छन् । स्वराका लागि आपत्तिजनक शब्दको प्रयोग पनि भइरहेको छ।

चलचित्रमा स्वराको भूमिकाप्रति केही मानिस लिकबाट हटेर महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वरा भास्करले आपत्ति प्रकट गरिरहेकाहरुलाई भाडाका मानिसहरुको संज्ञा दिएकी छन्।

चलचित्रको यो दृष्यलाई ट्वीटरमा आरती अग्रवाल नामकी प्रयोगकर्ताले सफ्ट पोर्नको संज्ञा दिएकी छन्। उनले लेखेकी छन्–स्वरा भास्करको सफ्ट पोर्न हलिउडबाट कपी गरिएको हो, तर यसलाई भारतमा प्रतिबन्ध लगाइएको छैन‘।

 

@oversmartme नामको ट्वीटर ह्याण्डलले लेखेका छन्–स्व्रा भास्करको हस्तमैथुनवाला दृष्य बोल्ड छ, तर उदाहरण छैन । यस्तो गर्नु फेमिनिजमलाई ठेस पुराउनु सरह हो । स्क्रीनमा कुनै पुरुषलाई पनि यसो गर्दै देखाउनु मन पर्दैन । यदि यो फेमिनिजम हो, जुन पोर्न इन्डस्ट्रीमा पहिला नै कयौ फेमिनिस्टले उदाहरण प्रस्तुत गरिसकेका छन् ।

 

एक युजर्सले लेखेका छन्–स्वरा भास्कर, मैले आफ्नो हजुरआमाका साथमा चलचित्र हेरेँ र त्यतिबेला लाजले भुतुक्कै भएँ जब हस्तमैथुनवााल दृष्य आयो । बाहिर निस्कने बित्तिकै हजुरआमाले भनिन्–म हिस्दुस्तानी हुँ र म चलचित्रलाई लिएर लज्जाबोध गरिरहेछु ।

यस विषयमा स्वयम स्वरा भास्करले लेखेकी छन्–यस्तो लागिरहेको छ कि कुनै आइटी सेलले या त चलचित्रको टिक स्पोन्सर गरेको छ वा ट्वीट ।

ट्वीटरमा अक्षय कटारिया नामका प्रयोगकर्ताले लेखेका छन्–पैडमैन चलचित्रमा अक्षयकुमारकोपैड लगाउनु, स्वरा भास्करको ‘वीरे दि वेडिंग’मा हस्तमैथुन गर्नुभन्दा कयौ ठुलो उदाहरण हो ।

चलचित्र ‘वीरे दि वेडिङ्ग’मा स्वराका साथै करिना कपुर, सोनम कपुर र शिखा तलसानिया पनि छन् । चलचित्र चार युवतीमा आधारित छ, जो जीवन आफ्नै सर्तमा बाँच्न चाहन्छन् । बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News