नेपालीलाई फिल्म ‘रेस–३’ हेर्न सलमानको आग्रह, यसरी गरे सम्बोधन (भिडियोसहित)


 


नयाँ दिल्ली, जेठ २९
ईदमा रिलिज हुन लागेको आफ्नो फिल्म ‘रेस–३’ हेर्न बलिउड सुपरस्टार सलमान खानले नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियो सार्वजनिक गर्दै सलमानले आगामी फिल्म हेर्न नेपालीसँग आग्रह गरेका हुन् ।

उनले भिडियोमार्फत ईदको शुभकामनासमेत दिएका छन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार गोपीकृष्ण मुभिजले खरिद गरेको छ । १५ जूनबाट ‘रेस ३’ संसारभर प्रदर्शनमा आउँदैछ ।

रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

यो फिल्मसँग जुध्न यसपटक पनि नेपाली कुनै पनि फिल्म प्रदर्शनमा नआउने भएका छन् ।

हेर्नुहोस् भिडियो…

https://www.facebook.com/fan.saddam.39/videos/320950665102715/

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्