संविधान जारी भएको खुसियालीमा जे देखियो (फोटो-भिडियो)


 


6भोजपुर, असोज ३

संविधान जारी भएसँगै भोजपुरमा भव्य दिपावली गरिएको छ । यहाँका स्थानीयले आफ्नो घर अगाडी दिपावली गरेका छन् । स्वः स्फुर्त आफ्नो घरमा स्थानीयले दिपावली गरेका हुन् ।

2
यहाँका सात राजनीतिक दलले बेलुका छ बजे सदरमुकामको सहिद पार्कमा दिपावली गरेका छन् । दिप प्रज्वलनमा सयौ सर्वसाधारण उपस्थित भएका थिए । उनिहरुले आफ्ने पार्टी कार्यालयमा समेत दिपावली गरेका छन् ।

सदरमुकामका अधिकांश घरमा स्थानीयले दिपावली गरेका छन् । संविधान जारी भएको खुसियालीमा यहाँका युवाहरुले मोटरसाइकल ¥याली समेत गरेका छन् ।

यहाँका कांग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, माले, खम्बुवान पार्टीले सदरमुकामको सहिद पार्कमा दिप प्रज्वलन गरेका हुन् । यहाँका सरकारी कार्यालया पनि दिपावली गरिएको थियो ।12111098

7

3
4

5

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भिडियो

प्रकाशित मिति: ३ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्