व्युटिशियनले गरिन् नाबालकलाई यौन शोषण, बन्द कोठाबाट गिरफ्तार


 


केरल, असार ७
भारतको केरलमा एक १७ वर्षीय नाबालक किशोरलाई यौन शोषण गरेको आरोपमा २१ वर्षीया युवती गिरफ्तार भएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो जालमा फसार युवतीले नाबालकलाई यौन शोषण गरेको आरोप लागेको छ ।

गएको शनिबार युवती रातिको समयमा १७ वर्षीय किशोरको रामापुरस्थित कोठामा गएकी थिइन् । त्यति नै बेला घरपरिवार, छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बाहिर आउन आग्रह गर्दा पनि ढोका नखोलेपछि प्रहरीले ढोका फोडेर युवतीलाई गिरफ्तार गरेको थियो ।

युवतीले ढोका खोले आत्महत्या गर्ने धम्की पनि दिएकी थिइन् । उनी विरुद्ध नाबालकलाई यौन शोषण गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्