क्रेजी इन्टरटेनमेन्टले ‘पुरानो बुलेट’ निर्माण गर्ने 


 


क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ निर्माण गर्ने भएको छ । विहिबार काठमाडौंको बानेश्वरमा अवस्थित कुञ्ज थिएटरमा पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्र असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जानकारी गराएको थियो ।

सो चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् । यस्तै अन्य कलाकारहरुमा वर्षा शिवाकोटी, मालालिम्बु, कविताआले मगर, कृष्णभक्त महर्जन, शिवमुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्नेछन् ।

सो पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो भूमिकाको बारे संक्षिप्त कुराहरु राखेका थिए । चलचित्रको निर्माता अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता सन्तोष राई रहेका छन् ।

सो चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै पुरानो बुलेट चलचित्रमा उत्तम जंगलिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर रहेको छ ।  १ करोडको लागतम निर्माण हुने यो फिल्मलाई आउँदो मंसिरमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंगभएको सुनाइन् । नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशीव्यक्त गरे ।

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्