अध्ययन भन्छ–ठुलो कण्डम, बढी मज्जा



यौनक्रियाका क्रममा अधिकांश युवा कण्डम प्रयोग गर्न मान्दैनन् । कण्डमको प्रयोग नगर्नु कयौ रोगलाई निम्ता दिनु हो ।

तर बयस्कहरुमा भने कण्डम प्रयोग गर्ने जागरुकता हुन्छ । तर हामी यहाँ कण्डमको प्रयोग गर्ने मानिसको जागरुकता होइन केही अरु नै कुरा गरिरहेका छौ ।

हालै गरिएको एक अध्ययनका अनुसार कण्डमको प्रयोगले गर्भधारण रोक्ने वा यौन रोगबाट बचाउछ नै साथसाथै यौनक्रियाका क्रममा उत्तेजना घटाउने र बढाउने पनि गर्दछ।

अध्ययनको निष्कर्षका अनुसार सानो साइजको तुलनामा ठुलो साइजको कण्डमको प्रयोगले सेक्सको आनन्द बढाउने गर्दछ।

अध्ययनको आधारमा बेलायतको एक कण्डम कम्पनीले एक्स्ट्रा लार्ज साइजको कण्डम बनाउनसमेत सुरु गरेको छ। जसबाट यसको विक्री जोडदार तिब्र भएको छ।

कम्पनीका अनुसार एक्स्ट्रा लार्ज साइजको कण्डमको मागमा जबरजस्त तिब्रता आएको छ।

ठुलो साइजको कण्डमको प्रयोगबाट पुरुषमा समागमका दौरान सहज त हुने नै छ यसका साथै सेक्सका क्रममा आनन्द पनि बढी प्राप्त हुनेछ ।

कम्पनीका अनुसार सामान्य कण्डमभन्दा १० मिमी लामो वा २ मिमी बढी घेरा भएको कण्डमको माग बढेको छ। यसबाट स्पष्ट हुन्छ कि पुरुषले एक्स्ट्र लार्ज साइजको कण्डम मन पराएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News