सलमानको ‘रेस–३’ ले कति कमायो पहिलो हप्ता ? (ट्रेलरसहित)


 


नयाँदिल्ली, असार ९
बलिउड सुपरस्टार सलमान खानको फिल्म ुरेस–३ ले पहिलो हप्तामा राम्रो कमाई गरेको छ ।

ईदको मौकामा रिलिज भएको यो फिल्मले भारतीय सिनेमाघरहरुबाट मात्रै १५० करोड भन्दा बढी कमाई गरेको छ । जबकि ओवरसिज कलेक्शन लगभग १०० करोड़ भन्दा बढी छ ।

सलमान खान प्रोडक्शनकाअनुसार ‘रेस–३’ वर्ल्डवाइड बक्स अफिस कलेक्शन २५५ करोड रुपैयाँ भन्दा बढी छ । सलमान खानको ‘स्टारडम’ कारण उनको फिल्म चलेको बताइन्छ ।

फिल्म डाइरेक्टर रेमो डिसूजा फिल्मको कहानी र ‘एक्शन सीन’ लाई दमदार बनाउन असफल भएको भए फिल्म अझै चल्न सक्ने बताउँछन् । तर, पनि फिल्म फ्लप हुनबाट बचेको उनको भनाई छ ।

फिल्मले यूके, नर्वे, स्पेन, पुर्चुगलगायतका अन्य देशमा राम्रो कमाई गरेको छ ।

फिल्म ट्रेलरः

प्रकाशित मिति: ९ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्