नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुल्यो


 


Nepal armyकाठमाडौं,  असोज ४

नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को जागिरका लागि आवेदन खुलेको छ। जम्मा १ सय २० जना अधिकृत क्याडेटको लागि जंगी अड्डाले आवेदन माग गरेको हो।

१ सय २० जनामध्ये समावेशीतर्फ महिला ११ जना, आदिवासी तथा जनजातितर्फ १७, मधेसीतर्फ १५, दलिततर्फ ८ र पिछडिएको क्षेत्रबाट ३ जना आरक्षण छुट्याइएको छ। त्यस्तै खुल्लातर्फ ६६ जनाको सिट तोकिएको छ।

असोज २८ गतेसम्म दर्खास्त भर्न सकिनेछ । जंगी अड्डा भद्रकाली, सुपरेटार ब्यारेक हेटौंडा, निमारे ब्यारेक सुर्खेत, इटहरी ब्यारेक सुनसरी, विजयपुर व्यारेक पोखरा र राजपुर व्यारेक दिपायलबाट आवेदन भर्न सकिन्छ। दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।

के के चाहिन्छ योग्यता?

प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह उत्र्तिण गरेकाले आवेदन दिन सक्नेछन्। उचाई पुरुषका लागि कम्तीमा ५ फिट ३ इन्च र महिलाका लागि ५ हुनुपर्नेछ।

छाती नफुलाउँदा ३२ इन्छ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ। तौल पुरुषका लागि कम्तीमा ५० र महिलाका लागि कम्तीमा ४० केजी हुनुपर्नेछ। कुनै फौजदारी अभियोग नलागेको तथा उमेरको हदमा १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। 

 

प्रकाशित मिति: ४ आश्विन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्