बलात्कार आरोपमा भोजपुरी नायक मनोज गिरफ्तार, दुई अभिनेत्रीले दिए उजुरी


 


मुम्बर्इ, असार १७
भोजपुरी फिल्मका नायक मनोज पाण्डेय बलात्कार आरोपमा गिरफ्तार भएका छन् । पीडित महिलाको उजुरीका आधारमा चारकोप प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।

मनोजमाथि भारतको ओशिवरा प्रहरी थानामा पनि बलात्कार मुद्दा दर्ता गरिएको छ । दुबै घटनामा महिला अलग–अगल हुन् । दुबै जना महिला भोजपुरी फिल्म उद्योगसंग जोडिएकी बताइएको छ ।

उनीमाथि भोजपुरी अभिनत्रीले नै १५ सेप्टेम्बरमा मुम्बईको चारकोप पुलिस थानामा बलात्कार आरोपमा मुद्दा दायर गरेकी हुन् । पीडित अभिनेत्रीकाअनुसार नायक मनोज महिलालाई फकाउन हरेक किसिमका हतकण्डा गर्छन् ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्