‘चौरीको चाम्रो’ गीत लिएर आउँदैछुः अशोक दर्जी (भिडियोसहित)


 


झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ । विपन्न परिवारका उनको भविष्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ । उनी भाइरल बनेपछि यतिबेला उनको घर निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । उनी उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीको होस्टेलमा बसेर अध्ययन पनि गरिरहेका छन् । अशोकले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा सर्वाधिक मन पराइयो । भर्खरै दुबईको सांगितिक कार्यक्रमबाट फर्किएका भाइरल ब्वाई अशोक दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी, तिमीजस्तो सुपर ब्यूट्री कोही छैन सन्सारमा तिमी जस्तो राम्री’ लिएर आउने तयारीमा रहेका छन् । जुन गीत गायक तथा संगीतकार टंक बुढाथोकीले तयार पारिरहेका छन् । सोही बिषयमा केन्द्रीत रहेर अशोकसँग गरिएको कुराकानीः
अचेल के मा ब्यस्त हुनु हुन्छ ?
–भर्खरै दुबईको सांगितिक कार्यक्रम सकेर आएको छु । अहिले पढाईमै ब्यस्त छु ।
दुबईको कार्यक्रम कस्तो भयो ?
–अत्यन्तै रमाइलो भयो ।
कति पैसा कमाउनु भयो ?
–अलिअलि  पैसा उठ्यो । तर, टंक दाई, दिपक सरहरुले अशोकको पैसामा मोज गर्यो भनेको सुन्दा अत्यन्तै दुःख लाग्यो । सोचेभन्दा थोरै पैसा उठ्यो ।
पहिले सडकमा गाउँदै हिँड्दा रमाइलो की अहिले ?
–अहिले रमाइलो ।
अबको सांगितिक कार्यक्रम कहाँ कहाँ छ ?
–विभिन्न देशहरुमा सांगितिक कार्यक्रमको अफर आइरहेको छ । कतार, अमेरिका, दुबई, हङकङलगायतमा सांगितिक कार्यक्रमको कुरा भइरहेको छ ।
 ‘मन बिनाको धन’ पछि कुन गीत लिएर आउँदै हुनुहुन्छ ?
– ‘मन बिनाको धन’ मा टंक बुढाथोकी दाईले धेरै मेहेनत गर्नु भएको छ । र, अब दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी, तिमीजस्तो सुपर ब्यूट्री कोही छैन सन्सारमा तिमी जस्तो राम्री’ ल्याउने कुरा टंक दादाले गरिरहनु भएको छ । त्यसको तयारी भइरहेको छ ।
अब सांगितिक कार्यक्रमलाई प्राथमिकता दिने की पढाई ?
–दुबैलाई प्राथमिकता दिने । संगीत र पढाई दुबै जरुरी छ ।
तपाईलाई कुन गायक मन पर्छ ?
–टंक बुढाथोकी ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्