अब दोस्रो गीतको तयारीमा अशोक (भिडियो सहित )


 


अशोक दर्जीका लागि गायक तथा संगीतकार टंक बुढाथोकी दोस्रो गीतको तयारीमा जुटेका छन् । दुबईको सांगितिक कार्यक्रमबाट फर्किएका भाइरल ब्वाई अशोक दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी, तिमीजस्तो सुपर ब्यूट्री कोही छैन सन्सारमा तिमी जस्तो राम्री’ लिएर आउने तयारीमा रहेका छन् । ‘सहकर्मी भुईकटरको घर निर्माण सहयोगार्थ दोस्रो गीत बनाउने टंक दादाले भन्नु भएको छ’ अशोकले भने–‘भुईकटरको घर पक्का बन्छ ।’
झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ । विपन्न परिवारका उनको भविष्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ । उनी भाइरल बनेपछि यतिबेला उनको घर निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । उनी उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीको होस्टेलमा बसेर अध्ययन पनि गरिरहेका छन् । अशोकले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा सर्वाधिक मन पराइयो । भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=0fmzJdcrYVI&feature=youtu.be

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्