अशोक दर्जीको घर निर्माणमा जुट्यो ५० हजार सहयोग (भिडियो सहित)


 


युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जीको घर निर्माणका लागि आज (मंगलबार) रु ५० हजार सहयोग हस्तान्तरण गरिएको छ ।

उर्लाबारी – ६ मोरङ घर भई हाल अष्ट्रेलियामा रहनु भएका सचिन योञ्जनले रु ५० हजार सहयोग गर्नुभएको हो । सो रकम योञ्जनका आफन्त मनोज तामाङले अशोक दर्जी घर निर्माण समितिका अध्यक्ष पुर्णबहादुर वाईवा र अशोकका बुवा पुर्ण दर्जीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अशोक दर्जीको घर हाल निर्माण भईरहेको छ । आगामी एक महिनाभित्र घर निर्माण समेर हस्तान्तरण गरिसक्ने लक्ष्य राखिएको छ । मलेसिया र दुबईमा भएको सांगितिक कार्यक्रम सकेर अशोक अहिले नेपाल फर्किएका छन् । अशोक आफ्नो पहिलो गीत मन बिनाको धन ठुलोको अपार सफलतापछि अब दोश्रो गीतको तयारीमा जुटेका छन् । अशोकले गायक तथा संगितकार टंक बुढाथोकीसँग दोश्रो गीत चौरीको चाम्रो छुर्पीको तयारी सुरु गरेका छन् ।

हेर्नुहोस् पुरा भिडियो :

 

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्