असारे झरीमा भुँईकटरेको घरमा बिजोग (भिडियो सहित)


 


युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जीको मिलनसार साथी टिकाराम धिमाल (भुँईकटरे) को घर असारे झरीमा बिजोग भएको छ ।

अशोक दर्जीको घर शिलान्यासका क्रममा भुँईकटरेको घरको पिडादायक अवस्था देखेपछी उर्लाबारी ७ का दिपक न्यौपानेले आफ्नो बेथेल बोर्डिङ स्कुलमा होस्टलसहित निशूल्क पढ्ने व्यवस्था मिलाउनु भएको थियो । अशोक दर्जी पनि सोही बिद्यालयमै निशूल्क होस्टलसहित पढ्दै आएका छन् । अशोक र भुँईकटरे गाउँमा मिलनसार साथी हुन् ।

बालगायक अशोक दर्जीको घर निर्माण भएपछि भुँईकटरेको घरको निर्माण भने अझै सुरु भएको छैन । अशोक दर्जी घर निर्माण समितिका अध्यक्ष पुर्णबहादुर वाईवाका अनुसार भुँईकटरेको पनि चाँडै घर निर्माण सुरु गरिनेछ । उनको घर निर्माणका लागि पनि देशबिदेशबाट सहयोग जुटिरहेको र थप सहयोगको अपिल गर्नुभएको छ । हेर्नुहोस् पुरा भिडियो  :

 

 

प्रकाशित मिति: १९ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्