“अशोक यसरी चर्चित होला भन्ने सपनामा पनि सोचेको थिइन” (भिडियोसहित)


 


युटुबबाट भाइरल बनेका अशोक दर्जीका बुवा पूर्ण दर्जीले छोराको चर्चाले आफू अत्यन्तै खुशी भएको बताएका छन् ।  संचारकर्मीहरुसँग कुराकानी गर्दै अशोकका बुवा पूर्णले भने –‘सानैदेखि गीत चाँही गाउँथियो तर, यसरी चर्चित होला भन्ने सपनामा पनि सोचेको थिइन ।’

घर निर्माण स्थलमा भेटिएका पूर्णले भने आफूहरु छोराकै कारण घरजग्गा पाएकोमा खुशी भएको बताए । छोराले संगीतसँगै पढाईलाई पनि अघि बढायोस् भन्ने चाहना रहेको उनले बताए । अशोक दर्जी घर निर्माण समितिका संयोजक पूर्ण वाइबाले साउन पहिलो साताभित्र घर निर्माण गरिसक्ने योजनाअनुसार काम भइरहेको बताए । पुरा भिडियो हेर्नुहोस्  : 

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्