बाढी आएपछि अशोक दर्जीका परिवार आफन्तको शरणमा (भिडियो सहित)


 


युटुबमा गीत गाएर भाइरल भएका झापा दमकका १२ वर्षिय बाल गायक अशोक दर्जीको घर यतिबेला तिब्र गतिमा निर्माण भईरहेको छ ।

अशोकको नयाँ घर निर्माण भईरहँदा उनका परिवार बस्दै आएको घर नजिकै खोला रहेको र बाढी आएका कारण उनका परिवार नजिकै रहेका आफन्तकोमा बस्न थालेको अशोकका बाबु पूर्ण दर्जीले बताएका छन् ।

अशोकका बाबुले भने – घर नजिकै खोला छ, लगातारको वर्षाले बाढीले बगाउँला भन्ने डरले आफन्तकोमा आएका हौँ ।

अशोक उर्लाबारी ७ मोरङमा बस्दै आएका छन् । अशोकका छिमेकी समेत रहेका दिपक न्यौपानेले आफ्नो बेथेल बोर्डिङ स्कुलमा अशोकलाई होस्टलसहित निशूल्क पढ्ने व्यवस्था मिलाउनु भएको हो ।

अशोकसँगै उनका मिलनसार साथी टिकाराम धिमाल (भुँईकटरे) पनि सँगै बस्दै आएका छन् ।

हेर्नुहोस् पुरा भिडियो :

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्