गंगामायाको जीवन रक्षा गर्न आयोगको आग्रह



काठमाडौँ, असार २१

राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारवाहीको माग गर्दै अनशनरत गंगामायाको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकार प्राप्तिका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर एवं जटिल बन्दै गएको अवस्थाप्रति ध्यानमा राख्न तत्काल आवश्यक पहल गर्न भनिएको छ ।

कृष्णप्रसादको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन गर्न आयोगले सरकारलाई पत्राचार एवं सिफारिश गर्नाका साथै सरकारका जिम्मेवार पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा समेत यस्तो संवेदनशील विषय कार्यान्वयनको प्राथमिकतामा नपर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News