सनी लियोनीको बायोपिक फिल्मको ट्रेलर सार्वजनिक (भिडियोसहित)


 


मुम्बई, असार २२
पछिल्लो समय बलिउडमा हंगामा मच्चाइरहेकी पूर्व पोर्नस्टार सनी लियोनीको बायोपिकको फिल्मको ट्रेलर रिलिज भएको छ ।

सनी लियोनीको यस बायोपिकको नाम ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सनी लियोन’ हो । यो ट्रेलर सार्वजनिक भएको एक दिन पनि नपुग्दै लाखौंले हेरिसकेका छन् । यो फिल्म १६ जुलाईमा वेब प्लेटफर्मबाट प्रसारित गरिने छ ।

ट्रेलरमा सनी लियोनका बोल्ड सीनदेखि न्यूड सीनसम्म देखिन्छन् । फिल्ममा सनी लियोनीको वितेको बालापनलाई पनि देखाइएको छ ।

सनी लियोन भारतमा पहिलो पटक विग बोसमा देखा परेकी थिइन् । त्यहीबाट उनी बलिउटमा आएकी हुन् ।

यस्तो छ ट्रेलर…

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्