भोजपुरमा गाँजा फडानी तिब्र (फोटो फिचर सहित)


 


gaja 3भोजपुुर, असोज ७

प्रहरीले भोजपुरमा गाँजा फडानीलाई तिब्रता दिएको छ । जिल्लाको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको छ । लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न थालेको हो ।

भदौ महिनादेखी यो अभियानलाई तिब्रता दिएको प्रहरीले जनाएको छ । जिल्लाको घाडेटार इलाका प्रहरी कार्यालयले सिन्द्राङ गाविसको वडा नं १ र ३ को नर्सिङ खोलास्थित करिब तीन रोपनी सार्वजनिक जग्गा क्षेत्रमा रहेको गाँजाका बोटहरु फँडानी गरेको छ ।

त्यस्तै तिवारीभन्ज्याङ प्रहरीले च्यांग्रे गाविस–४ स्थित वीरबहादुर सार्की, खड्गराज श्रेष्ठको करिब तीन रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका गाँजाहरुलाई फडानी गरेर नष्ट गरेको छ । सदरमुकामस्थित भोजपुर नगरपालिका१० मा मिरा बोगटी, तिर्थ कुमारी श्रेष्ठ र तारा बोगटीको घरबारीमा रहेको गाँजा प्रहरीले नष्ट गरेको छ ।

त्यस्तै नगरपालिका७ स्थित कुमार तामाङ, सरोज श्रेष्ठ, चरण श्रेष्ठ, दिल कुमारी राईको रहेको गाँजा प्रहरीले नष्ट गरेको छ । प्रहरीले यतिबेला गाउँगाउमा रहेको गाँजा नष्ट गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी राज कुमार लम्सालले बताए ।

प्रहरीका अनुसार स्थानीयको बारीमा प्राकृतिक रुपमा गाँजा उम्रिने गरेको पाइएको छ । उक्त गाँजालाई स्थानीयले बेचविखन गर्न थालेपछि प्रहरीले अभियाननै चलाएर नष्ट गर्न थालेको हो ।

gajagaja 4gaja 1gaja 2

 

प्रकाशित मिति: ६ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्