जनप्रतिनिधिलाई खुल्ला पत्र


 


हेमन्त रेग्मी
पुनर्वास, कञ्चनपुर

श्रीमान् जनप्रतिनिधि ज्यू,
राजनीतिक दलमा आवद्ध भएर होला मेरा नेपाल भरी सबै जिल्लामा थुप्रै साथी छ्न् । आजभोलि मलाई पुर्नबास घर भनेपछि चिनाउन खासै गारो पर्दैन । कञ्चनपुर बाहिरका साथीहरुले पनि ‘ए त्यो सीमा बिवाद भैरहने ठाउँ’ भनेर चिनिहाल्छन् ।

अझ भनौं गोबिन्द गौतमको ठाउँ भनेपछि अरु केही भन्नै पर्छैन । तर, हामीले गौतमको पुर्नबास र उनको नाम बेचेर कसैले चिनिने मौका पाएका छौं त कसैले त्यही नाम बेचेर राजनीति गर्ने मौका पाएका छौं । सीमा बिवाद अहिलेको बिवाद होइन ।

हामीले सुन्दै आएका हौं कि राति आफ्नो घरमा सुतेको मान्छे बिहान भारतमा पुग्छ’ भनेर । कारण हो रातारात पिल्लर सारिन्छ । कसैको लालपुर्जा नेपाल हुन्छ, जमिन भारतमा हुन्छ । नेपाल प्रहरीकै अगाडि तारबार भत्काइन्छ । प्रहरी प्रशासन र स्थानीय निकाय टुलुटुलु हेर्नुको विकल्प छैन । मेयर उपमेयरदेखि मन्त्री सभासदले यहि मुद्दा लिएर कुनै बेला भोट बटुलेको स्थानीयका मानसपटलमा ताजै छ ।

                               शहिद गोबिन्द गौतम

 प्यारा ताल हाम्रो हो भन्दै पिल्लर यता सारिन्छ । हामी चुप छौं । हामी मौन छौ । यो मुद्दा अहिले कहाँ छ के हुँदैछ भन्नेबारे हामी अझै अनभिज्ञ छौं । अब यति बेला हैन चुनाब आएपछि जानकारी भैहाल्छ । किनकी भोट माग्दा सबै उम्मेदवारले प्रमुख एजेन्डामध्ये एउटा एजेन्डा यहि बनाउने छ्न् । हामी ढुक्क छौं ।

त्यति बेला सुगौली सन्धीदेखि सबै कुरा सुगा रटाइ गरेर नेताहरु आउनेछ्न् । सीमा बिवाद सामधान हुन्छ भन्न्नेछ्न । तर, नेता ज्युहरुमा एउटा आव्हान छ । कृपया सुगौली सन्धी सबैले नबुझ्न सक्छ्न बुझ्ने हामीले यति हो हाम्रो पुर्नवासको सीमाना कँहादेखि कँहासम्म हो ? यहि कुरा थाहा पाउन फेरि अर्को गोबिन्द गौतम नजन्मन परोस् ।

यहाँदेखि यहाँ सम्म पुर्नवास हो भन्न्ने जानकारी जनतालाई होस् । तपाईहरु भोट माग्न गएको ठाउँ त्यता नजाउ त्यो भारत हो भन्ने दिन हामी र हाम्रो पछिल्लो पुस्ताले भोग्नु पर्छ कि भन्न्ने डर छ ।

हामी युवा पुस्तालाई गर्व साथ भन्न सकौं कि ‘हाम्रा अघिल्ला पुस्ताका नेता ज्युहरुले यति गर्नु भएको थियो र आज हामी यहाँ छौ, आज हाम्रो पुर्नबास यहाँ छ हामी हाम्रो क्षेत्रफल याद राख्न सकौ।’

हामी हाम्रो सीमाना याद राख्न सकौं । हामी हाम्रा पिल्लरका नम्बर याद राख्न तयार छौं । ताकी कसैले हाम्रो भू–भागमा गिद्देनजर कसैले लगाउन नसकोस् ।

हामी युवा फेरि गोबिन्द गौतम हुन तयार छौं । तर, एक चिम्टी माटो हामी जस्ता हजारौ युवाकालागि प्राण भन्दा प्यारो छ । मेरा अघिल्लो पुस्ताका नेता ज्युहरुलाई मेरो आव्हान छ।

तपाईहरु सीमा बिवाद यसरी सक्काईदिनुस कि हामीले पनि तपाईहरुको नाम लिन र भन्न सकौं यति गर्दिनु भयो भने शहिद गोबिन्द गौतमको आत्माले शान्ति त पाउँछ नै हामी जस्ता हजारौ युवामा तपाईहरुप्रति सम्मान अझ बढी हुनेछ ।

यस्ता मुद्दा केवल चुनावका बेला मात्र नभई अरु बेला समाधानका उपाय सोच्नुस यदि साथ र सहयोग चाहिन्छ भने म जस्ता हजारौ युबा तपाईको साथमा हुनेछ्न ।

तपाईंहरुलाई काम गर्न सहयोग गर्ने हजारौ म जस्ता अन्य युवाहरु तयार छन् । बस हजुरहरुले काम थालनी गर्नु पर्यो केबल चुनाबमा एजेन्डामा मात्र सीमित नरहेर काम मेरो हो र मेरो कर्तव्य हो भनेर लाग्नुस् । हजुरहरुलाई घचघचाउन हामी जस्ता युवा सधै यस्तै भूमिकामा त रहने नै छौं । जय राष्ट्र, जय स्वभिमान, जय नेपाल ।।

प्रकाशित मिति: ३१ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्