रेखा थापाको चलचित्र ‘मालिका’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)


 


काठमाडौं, साउन १
नायिका रेखा थापाको चलचित्र ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया, गाढा लगाउने हो’ बोलको गीत रिलिज भएको छ ।

थापाको निर्देशनमा बनेको चलचित्र निर्माण पक्षले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना पहिलो गीत रिलिज गरेको हो ।

निर्माता तथा स्कृप्ट राइटर नरबहादुर कार्कीको शब्दमा रहेको गीतको संगीत सुरेश अधिकारीको रहेको छ । गीतमा अञ्जु पन्तले स्वर दिएकी छन् ।

भिडियोमा निर्देशक रेखा थापा र १४ वर्षीय कमला वलीले अभिनय गरेका छन् ।

कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा पूर्व–पश्चिम रेल सञ्चालनको विषयलाई उठाइएको छ । चलचित्र लक्ष्मी पूजाको दिन रिलिज गरिनेछ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्