एसएलसीको नतिजा असार दाेस्रो साता



काठमाडौं जेठ १०

भूकम्पले नियमित काममा असर गरेपनि २०७१ सालको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा प्रकाशनमा ढिलाई नहुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। एसएलसीको उत्तरपुस्तिका परीक्षणको काम चलिरहेको र परीक्षण भएर नियन्त्रण कार्यालयमा आइसकेका पुस्तिकाको नम्बर चढाउने काम पनि नियमित भइरहेकोले नतिजा समयमै प्रकाशन गरिने परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए। उनका अनुसार ६४ ओटा परीक्षण केन्द्रमध्ये २८ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको छ। ‘अति प्रभावित जिल्लामध्ये गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा, रसुवा र रामेछापबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको छ,’ उनले भने, ‘अन्य केन्द्रको पनि पुस्तिका परीक्षण लगभग अन्तिम चरणमा पुगेको छ।’

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्दै आएको थियो। २०७१ सालको एसएलसी गत चैत १६ गते सकिएको थियो । जसको नतिजा असार १६ गतेसम्म प्रकाशन हुने नियन्त्रक द्वारेले जानकारी दिए।  ‘हाम्रा भवनहरु चर्किएका छन्। भूकम्पका पराकम्पन आउन क्रम रोकिएको छैन’ बुधबार दिउँसो गएको भूकम्पपछि परीक्षा नियन्त्रण कार्यालयको प्राङ्गणमा भेटिएका नियन्त्रक द्वारेले भने, ‘असुरक्षित महशुस भएर काम गर्नुभन्दा जस्ताको छाना भएको भवनमा कम्प्युटरहरु सार्दै छौं। त्यहाँबाट काम गरेर भएपनि नतिजा समयमै सार्वजनिक गछौं।’
भक्तपुर सानोठिमीमा रहेको नियन्त्रण कार्यालयको गोप्य शाखा र मुख्य कार्यालयमा  समेत आंशिक क्षति भएको छ। तथापी कार्यालयमा प्राविधिकले हरियो स्टिकर टाँसेका छन्। नियन्त्रण कार्यालयका कर्मचारी भने कोही भवन भित्र र कोही बाहिर बसेर काम गरिरहेका छन् ।  २०७१ को एसएलसीमा कुल ५ लाख ७४ हजार ६ सय ८५ जना परीक्षर्थी सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News