सामान्य कुरामा पनि किन रुन्छन् केटीहरु !


 


केटीहरु खुसी हुँदा वा दुखी हुँदा दुवै अवस्थामा आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ ।

केटीहरु किन यति सजिलै रुन्छन् प्याज काट्दा आँसु किन आउँछ गोहीले किन आँसु बगाउँछ भन्ने कुराको कारण सुन्नु भो भने तपाइँ अश्चर्यमा पर्नु हुनेछ । द टेलीग्राफमा प्रकाशित जर्मन शोधका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् ।

महिलाको  आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ । यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ ।

शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब ५.३ पटक आउँछ जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ । एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् ।

तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ । त्यसैगरी प्याज काट्दा आँसु आउनुको कारण प्याजबाट आउने सिन-प्रोपेनिथियल-एस-ऑक्साइड हो । यसले हाम्रो लैक्रिमल ग्ल्याण्डमा असर गर्छ र आँसु आउन शुरु हुन्छ ।

रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । त्यसो हुनुको कारण चाँहि आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्नु हो । आँसु बढी आएमा श्वास नलिमा प्रवेश गर्छ र नाकबाट सिगान बग्न शुरु हुन्छ ।

गोहीको आँखामा आँसु किन आँउछ

यूनिभर्सिटी अफ फ्लोरिडाका बैज्ञानिकहरुका अनुसार गोहीको आँखाबाट आँसु आउनुको कारण गोही रुनु होइन् । उनीहरुका अनुसार गोहीको आँखाबाट २४ घण्टा नै आँसु आँउछ र यस्को कारण उसको आँखाको बनोट हो ।

प्रकाशित मिति: १२ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्