र्इदको अवसरमा बुधबार प्रदेश १ मा बिदा



विराटनगर, भदौँ ५

ईस्लाम धर्मवालम्बीहरुको पर्व बकर ईदको अवसरमा १ नं. प्रदेश सरकारले यस प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले भदौँ ६ गते बुधबार बिदाको घोषणा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा आज बसेको मन्त्री परिषद् बैठकले प्रदेश भरी सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा प्रदेशभरी सार्वजनिक बिदाको घोषणा गरेको थियो ।

प्रकाशित मिति: ५ भदौ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्