निर्मला हत्या प्रकरणः अत्तरिया पनि आन्दोलित

धनगढी, भदौ ८
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया बालिकाको हत्याराई पक्राउ गरि तत्काल कारबाही गर्र्नुपर्ने भन्दै कैलालीको अत्तरियामा पनि आन्दोलन चर्किएको छ ।
विहानैदेखि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विहीबार कञ्चनपुरमा आन्दोलन चर्किदा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा आठ जना घाइते भएका थिए । आन्दोलनमाथि प्रहरीले दमन गरेपछि अन्य अत्तरियामा पनि आन्दोलन सुरु भएको छ ।


प्रकाशित मिति: ८ भदौ २०७५, शुक्रबार











